राक्सीराङका सय वर्षीय चेपाङ दम्पतीले पाए नयाँ घर

स्वर्णिम खबर
६ माघ २०८१, आईतवार १८:१८

६ माघ, हेटौँडा । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं. ५ साचक टोलका सय वर्षीय जयराम (प्रजा) चेपाङ दम्पतीले नयाँ घर पाएका छन् ।
घामपानी छिर्ने अत्यन्त साँघुरो कतरे छाप्रोमा बस्दै आएका १०० वर्षीय जयराम प्रजा र उहाँकी ९० वर्षीय श्रीमती लक्ष्मी प्रजा चेपाङ दम्पतीले नयाँ घर पाएका हुन् । उनीहरुलाई पोखरा घर भइ अमेरिका बस्दै आएका कर्ण गुरुङको परिवारले छाप्रोनजिकै पक्की घर बनाइदिएका हुन् ।
अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराउनुभएको हो । ३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको नवनिर्मित घरमा सोलार पनि जोडिएको छ ।


पिउने पानीको धारा र पक्की शौचालय पनि निर्माण गरिएको छ । उनीहरूलाई अभियन्ता लोप्चन तामाङले नगद २ लाख ४२ हजार रुपैयाँ थप खर्चका लागि उपलब्ध गराएकी छिन् । कार्यक्रममा पूर्व मन्त्री झाँक्रीले जनता आवास कार्यक्रमको कार्यविधि गरिब र विपन्नमुखी नभएकाले कार्यविधि नै संशोधन गर्नुपर्ने बताउनुभयो ।
मकवानपुरको राक्सिाराङ चेपाङ समुदाय बाहुल्य भएको पालिका हो । २०७८ को जनगणना अनुसार मुलुकका २६ जिल्लामा बसोबास रहेको चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*