निर्माण व्यवसायीले बुझाए १४ बुँदे मागसहितको ज्ञापनपत्र

स्वर्णिम खबर
६ माघ २०८१, आईतवार १७:१२

६ माघ, हेटौँडा । सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल नेतृत्वको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुद्धे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवम् कालोबजारी रोक्दै निर्माण व्यवसायीका लागि शून्य भन्सार दरमा निर्माण सामग्री आयातको व्यवस्था हुनुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावलीको तत्काल पूर्नलेखन गर्नुपर्ने, विभिन्न कारणले बाँकी अर्बौ रकम सरकारले तत्काल भुक्तानी दिनुपर्ने, लो बिडिङ निरुत्साहित गर्नुपर्ने लगायत १४ बुँद्धे माग गरिएको छ ।
माघ १५ गतेभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् ।
आइतबार नै निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । एक महिनाको अवधिमा सिमेन्टमा प्रतिबोरा दुुई सय रुपियाँ र डण्डीमा प्रतिकिलो १५ रुपियाँका दरले मूल्य वृद्धि गरिएपछि निर्माण व्यवसायी आन्दोलित बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*