संघीयताको सही कार्यान्वयन आवश्यकः सभामुख घिमिरे

स्वर्णिम खबर
५ पुष २०८१, शुक्रबार १६:३८

५ पुस, काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो ।
उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउनु भयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताउनु भयो ।
सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*