विपद् प्रतिकार्यका लागि हात्तेमालो–६ नामक कृत्रिम अभ्यास

स्वर्णिम खबर
२५ जेष्ठ २०८१, शुक्रबार १५:१५

२५ जेठ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय विपद् प्रतिकार्यका लागि हात्तेमालो–६ नामक कृत्रिम अभ्यास गरिएको छ ।
हेटौंडा–८ स्थित बन्द अवस्थामा रहेको कपडा उद्योग परिसरको क्षेत्रमा भुकम्प र आगलागी सम्बन्धि कृत्रिम घटना घटाएर अभ्यास गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट, रेडक्रस, हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र टिमले संयुक्त रुपमा भुकम्प र आगोलागीको कृत्रिम अभ्यास गरेका थिए । उनीहरुले सम्भावित दुर्घटना, खोज, सुरक्षित उद्धार प्रक्रिया, प्राथमिक उपचार, जनप्रतिनिधि तथा सरोकारवाला निकायको भूमिकाका बारेमा डेमो मार्फत् नाटकीय रुपमा प्रस्तुत गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कृत्रिम अभ्यासमा डेमो मार्फत् विपद् पछिको अवस्था, एकद्धार प्रणालीबाट राहत वितरण र पुर्नस्थापनाका प्रक्रियाको बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*