वैशाख २४ गते हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने

स्वर्णिम खबर
२१ बैशाख २०८१, शुक्रबार ११:४७

२१ वैशाख, हेटौँडा । नेवार र तामाङ समुदायले हेटौंडामा वैशाख २४ गते बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने भएको छ ।
बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनको घोषणा गर्ने दिन बैशाख २४ गते सोमबार दिवस मनाउन लागिएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेवाः देय दवु बागमती प्रदेश, नेपाल तामाङ घेदुङ प्रदेश समिति र नेवाः देय दबु स्वनिगः विशेष प्रदेश समितिले संयुक्त रुपमा नेवाः तामाङ भाषा दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
नेवा देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णुगोपाल महर्जनले संघीय राजधानी काठमाडौँसँगै हेटौंडामा पनि विशेष उत्सव मनाउने तयारी भएको जानकारी दिनुभयो । हेटौँडाको बुद्धचोकबाट ¥याली सुरु भई नगर परिक्रमा गरी हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा सभा सहित नेवाः साँस्कृतिक संग्रहालयको शिलान्यास गरिने अध्यक्ष महर्जनले बताउनुभयो ।
¥यालीमा नेवारी तथा तामाङ समुदायको सांस्कृतिक झाँकी समेत रहनेछ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, नगर सचिव ओम बहादुर घिसिङ, नेवाः देय दबु हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वैशाख २४ गते प्रदेश सरकारले काठमाडौंमा विशेष समारोहको आयोजना गरेर प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत कामकाजी भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । उक्त दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*