कांग्रेस मकवानपुरद्वारा कोषाध्यक्ष गौतम पदमुक्त

स्वर्णिम खबर
१८ बैशाख २०८१, मंगलवार १३:४०

१८ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष होमनाथ गौतम पदमुक्त भएका छन् ।
केही दिन अघि बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले गौतमलाई निष्कृय भएको भन्दै पदमुक्त गर्ने निर्णय गरेको सभापति बुद्ध लामाले जानकारी दिनुभयो । पार्टीले सञ्चालन गरेका विभिन्न गतिविधि तथा नियमित बैठकमा समेत नआउने, पदीय जिम्मेवारी बहन नगर्ने र पटक–पटक पत्राचार गर्दा समेत वेवास्था गर्ने गरेको कारण देखाउँदै गौतमलाई पदमुक्त गरिएको हो ।
कोषाध्यक्ष नै निष्कृय हुँदा पार्टीका हरेक गतिविधि सञ्चालन गर्न कठिनाई भएकोले नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने आवाज जिल्ला कार्यसमितिको पूर्ण बैठकमा उठेपछि उनलाई पदमुक्त गर्ने निर्णय भएको पार्टीका प्रवक्ता अर्जुन प्रसाद चौलागाईले बताउनुभयो । उहाँले चाँडै अर्को व्यक्तिलाई कोषाध्यक्ष पदमा मनोनित गरिने पनि जानकारी दिनुभयो ।
गौतमलाई २०७८ चैतमा कांग्रेस मकवानपुरले कोषाध्यक्ष पदमा मनोनित गरेको थियो । उनी १४ औँ महाधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*