बागमती प्रदेश मातहातका सरकारी कार्यालयले नेपाली, नेपाल र तामाङ भाषामा साइनबोर्ड लेख्नुपर्ने

स्वर्णिम खबर
१२ बैशाख २०८१, बुधबार १८:१९

१२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले आफ्नो मातहात अन्तर्गतका सरकारी कार्यालयका साईनबोर्डमा नेपाली भाषा, नेपाल भाषा र तामाङ भाषा प्रयोगमा ल्याउने भएको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले वैशाख २४ गतेदेखि साईडबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा लेख्नुपर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बैठकले वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको बसन्तपुरमा एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएको छ । सोही दिन बागमती प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय समेत भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
बैठकले श्रम रोजगार तथा यातायात मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव, विज्ञ सदस्य रहने गरि प्रदेश श्रम सल्लाहकार परिषद् गठन गरेको छ । बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएको काठ अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले विपद् स्वयंसेवक समूह निर्माण तथा परिचालनका साथै प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संसोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*