चमेरो चिउरी संरक्षण गर्न ६ वटा स्थानीय तहसँग सम्झौता

स्वर्णिम खबर
२८ चैत्र २०८०, बुधबार १९:११

२८ चैत्र, हेटौँडा । चमेरो चिउरी संरक्षण कार्यक्रम लागू गर्न बागमती प्रदेश सरकारले ६ वटा स्थानीय तहसँग सम्झौता गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी तीन जिल्लाका ६ वटा स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेललको प्रमुख आतिथ्यतामा सम्झौता भएको हो । चेपाङ समुदायको बसोबास रहेको चितवन, मकवानपुर र धादिङका ६ वटा पालिकामा यो कार्यक्रम लागू हुने भएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले सिमान्तकृत चेपाङ समुदायको उत्थानका लागि कार्यक्रम ल्याइएको बताउनुभयो । प्रदेश सरकारको नमूना कार्यक्रम भएको बताउँदै यो कार्यक्रमले चेपाङ समुदायको वास्तविक अवस्था समेत बुझ्न मद्दत गर्ने मुख्यमन्त्री जम्कट्टेलको विश्वास थियोे ।


त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आर्थिक तथा सामाजिक रूपमा पिछडिएका चेपाङ समुदायको जीवनस्तर सुधारका साथै ऐतिहासिक दृष्टिकोणले पनि यो कार्यक्रम महत्वपूर्ण रहेको दाबी गर्नुभयो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा यो कार्यक्रम लागू हुने सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले प्रति पालिका ७ लाख ७५ हजार रकम उपलब्ध गराउने गरी रु ५० लाख बजेट विनियोजन गरेको छ । सम्बन्धित पालिकाको २० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*