हेटौंडामा बुधबारदेखि ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु

स्वर्णिम खबर
१४ चैत्र २०८०, बुधबार १६:४१

१४ चैत्र, हेटौंडा । हेटौंडामा बुधबारदेखि ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ ।
ह्युमन नेपाल संस्थाको आयोजना एवम् बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुभएको हो । मन्त्री मोक्तानले सहभागीहरुलाई हाजिरी पुरा गर्ने भन्दा पनि तालिम प्राप्त गरेपछि दक्ष भई समाजमा देखिएका मनोसामाजिक समस्या समाधान गर्न अग्रसर हुन आग्रह गर्नुभयो ।
मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाबाट सहभागी छनोट गरी प्रमाणपत्र तह उत्तीर्ण गरेका १५ जना महिलाहरुलाई तालिममा सहभागी गराईएको हो । पहिलो चरणमा सहभागीहरुलाई १० दिनको प्रशिक्षणमा सहभागी गराई कार्यक्षेत्रमा पठाई विभिन्न चरणमा ६ महिनासम्म तालिम प्रदान गरेपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरीने मन्त्रालयका उच्च शिक्षा तथा विज्ञान प्रविधि महाशाखा प्रमुख गोपाल कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले यस आर्थिक वर्षमा यस कार्यक्रमका लागी २० लाख रुपैयाँ बजेट छु्ट्याएको छ ।
तालिममा वरिष्ठ मनोविद विनोद पौडेल र मनोविज्ञ चिकित्सक सफल सापकोटाले प्रशिक्षण दिने ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*