मकवानपुरे कलाकार सुन्दर धितालको मुख्य भुमिका रहेको चलचित्र रंगेली देशभर प्रदर्शनमा

२५ फागुन, हेटौँडा । मकवानपुरका कलाकार सुन्दर धितालको मुख्य भुमिका रहेको नेपाली चलचित्र ‘रंगेली’ शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ ।
परिस्थित बश् ग्याङस्टार बन्न बाध्य भएको कथालाई चलचित्रले समेटेको छ । पीजी सर्टिफिकेट पाएको सो चलचित्रमा धिताल सहित मिकामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा र प्रवीण खतिवडाको अभिनय रहेको छ । सानो सहरको अर्थराजनीतिक द्वन्द्व चित्रण गर्ने यो फिल्म ग्याङस्टर र एक्सन फिल्म रुचाउने दर्शकलाई प्रिय हुन सक्ने निर्माण पक्षको दाबी छ ।
चलचित्र रंगेलीलाई लामो समयदेखि अमेरिकामा रहेर नेपाली फिल्मको प्रवर्द्धनमा कार्य गर्दै आउनुभएका अर्जुन सुवेदीले निर्देशन गर्नुभएको हो ।