महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ को टोली हेटौंडामा

स्वर्णिम खबर
४ जेष्ठ २०८२, शनिबार १५:४२

३ जेठ, हेटौँडा । जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहा अवतार’ को टोली प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेको छ ।
चलचित्रको प्रचारप्रसारको लागि देश दौडाहामा रहेको निर्माण पक्षले शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रबारे जानकारी गराएको हो । देशमा व्याप्त भ्रष्टचार, बलात्कार, हत्या, हिंसा जस्ता विषयलाई चलचित्रले उठान गरेको निर्माण पक्षले दाबी गरेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट महानायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण पनि यो फिल्म विशेष र प्रतीक्षित मानिएको छ ।
पत्रकार सम्मेलनमा निर्माता नरेन्द्र महर्जनले चलचित्रको कथाको माग अनुसार नै राजेश हमाललाई फिल्म भित्राइएको बताउनुभयो ।
फिल्ममा राजेश हमालको साथै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।
राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करणसिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*