पिताम्बरको टोली प्रचारप्रसारका लागि हेटौंडामा

स्वर्णिम खबर
७ बैशाख २०८२, आईतवार १८:२३

७ वैशाख, हेटौँडा । गत चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पिताम्बर’को टिम प्रचारप्रसारका लागि हेटौंडा आएको छ ।
निर्माता, निर्देशक, प्रमुख कलाकारहरू सहितको टिम हेटौंडा आएको हो । चलचित्र पत्रकार संघ मकवानपुरद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्माण टिमले चलचित्र हेर्न आमदर्शक समक्ष आग्रह गरेका थिए ।
चलचित्रकी निर्देशक कृषा चौंलागाईँले फिल्मले दर्शकलाई रिफ्रेस हुने अवसर दिने दाबी गर्नुभयो । चलचित्रको मुख्य उदेश्य मनोरन्जन भएको उल्लेख गर्दै निर्देशक चौंलागाईले पिताम्बर दर्शकलाई भरपुर मनोरन्जन दिने चलचित्रको रुपमा आफूले ल्याएको बताउनुभयो । टोलीले चलचित्रको कथावस्तु र यसको पक्षहरूबारेमा जानकारी गराएका थिए । कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, निर्माता विशाल चौलागाईं लगायतका टोली हेटौंडा आएका थिए ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चलचित्रको सफलताको शुभकामना राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*