मकवानपुर गोल्डकपको आयव्यय विवरण सार्वजनिक

स्वर्णिम खबर
२५ कार्तिक २०८०, शनिबार २१:१२

२५ कार्तिक, हेटौँडा । स्थानीय तह सहिद स्मृति पाँचौ मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको माघ २८ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा एक करोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको संघका अध्यक्ष टीकाराम लामाले बताउनुभयो । प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको र खर्च कटाएर करिब २ लाख १० हजार रुपैयाँ बचत भएको अध्यक्ष लामाले जानकारी दिननुभयो । प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास समितिले ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकट बिक्रीबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टले ६ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*