मुख्यमन्त्रीले मागे प्रदेशका युवाहरुसंग सल्लाह सुझाव
५ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले कृषि क्षेत्रसँग सम्बन्धित कार्यबिधि निर्माण गर्दा सल्लाह सुझावका लागि प्रदेशका युवाहरुसँग आग्रह गर्नुभएको छ ।
प्रदेश यूवा परिषद हेटौंडा द्वारा शुक्रबार आयोजित स्वयमसेवक पुनर्ताजगी तालिमको उदघाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । प्रदेश सरकारले कृषि अनुदानका लागि व्यक्तिगत भन्दा समुहलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा शिक्षाका क्षेत्रमा प्राबिधिक धारका पठनपाठनमा जोड दिनेगरि कार्यक्रम तय गरिने समेत बताउनुभएको छ ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्रदेश युवा स्वयंसेवकहरुले आ–आफ्ना क्षेत्रमा सक्रिय भुमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा समेत स्वयंसेवकको भुमिकालाई सकारात्मक लिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा सम्पन्न भएको हो । सिर्जनशिलता र उद्यमशिलता प्रबर्धनः बागमतीमा युवा सशक्तिकरण नारासहित प्रदेश युवा परिषद्ले प्रदेशभित्रका १ सय १४ जना स्वयम सेवक लाई सक्रिय बनाएको छ ।













