प्रथम हस्तकला प्रवद्र्धन मेला २०८० को बिहिबार समापन

स्वर्णिम खबर
४ आश्विन २०८०, बिहीबार १८:२०

४ असोज, हेटौँडा । संविधान दिवसको अवसरमा आयोजना गरिएको ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ बिहिबार समापन भएको छ ।
प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा भएको मेला बिहीबार समापन गरिएको हो । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आथित्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री चित्रकारले हस्तकलाको क्षेत्रमा बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हस्तकलालाई संरक्षण एवं प्रवद्धनका लागि मन्त्रालय गम्भिर रहेको मन्त्री चित्रकारले दाबी गर्नुभयो । प्रदेश औद्योगिक विकास ऐन २०७६ लाई संसोधन गर्ने निर्णय गरिएको समेत मन्त्री चित्रकारले कार्यक्रममा जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको प्राङ्गणमा २ दिन सम्म चलेको मेलामा २१ वटा स्टलबाट ४२ प्रकारका हस्तकलाको प्रदर्शनी गरिएको थियो । समापन कार्यक्रममा प्रदर्शनीमा सहभागी, लाइभ डेमो (जीवन्त प्रदर्शनी) गर्ने सहित सहयोगीलाई सम्मान गरिएको थियो । बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, बागमती प्रदेश सुन चाँदी व्यवसायी संघका अध्यक्ष ज्योती रत्न बज्राचार्य लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*