मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा प्रारम्भिक छलफल
३१ भाद्र, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ ।
विश्वविद्यालय बनाउनको लागि सामाजिक विकास मन्त्रालयमा बसेको सर्वपक्षिय सर्वदलिय बैठकमा सहमती जुटेको हो । बैठकमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्ट्टेलले नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा बनेकै संरचनामा सार्वजनिक विश्व विद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउन कुनै आग्रह पुवाग्रह नराखी प्रस्ताव राखिएको उहाँले दाबी गर्नुभयो । तुरुन्तै जग्गा व्यवस्थापन गरेर यो कार्य अघि बढाइने उहाँले बताउनुभयो ।
यसैगरी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अनन्न पौडेलले क्याम्पस विश्वविद्यालयको जिम्मेवारी बहन गर्न तयार रहेको दाबी गर्नुभयो । उहाँले ६ जना पिएचडी शिक्षक सहित क्याम्पसले अध्यापन गराउँदै आएको बताउनुभयो ।
छलफलमा सहभागीहरुले मकवानपुरमा प्रदेश विश्वविद्यालय स्थापना हुनु गौरवको विषय भएको बताएका थिए ।













