गढी गाउँपालिकाको सानो सुकौरामा एकीकृत कृषि फार्म तथा तालिम केन्द्र बन्ने

स्वर्णिम खबर
२६ भाद्र २०८०, मंगलवार १७:३६

२६ भाद्र, हेटौँडा । मकवानपुरको गढीगाउँपालिका—५ सानो सुकौरामा एकीकृत कृषि फार्म तथा तालिम केन्द्र बन्ने भएको छ ।
माइती नेपाल र द कोकाकोला फाउण्डेशनको सहकार्यमा निर्माण हुन लागेको भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गर्नुभएको हो । भवन सिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले एकीकृत खेती परियोजनाले ग्रामीण विकासलाई प्रवद्र्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पु¥याउने कुरामा जोड दिनुभयो । विगतका भन्दा फरक ढंगले सरकारले काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकारले गर्ने लगानी लक्षित वर्गमा पुग्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मानव बेचबिखनको जोखिममा परेका र जोखिममा पर्न सक्ने संभावित समुदायलाई दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने उद्देश्यले एकीकृत कृषि फार्म तथा तालिम केन्द्र स्थापना गर्न लागिएको हो । ६५ रोपनी क्षेत्रफलमा १ करोड ९४ लाख लागत अनुमानमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, पशुपालन केन्द्र तथा एकीकृत कृषि फार्म बन्न लागेको हो । सुकौरा एग्रो प्रालिले माइती नेपाललाई उक्त जग्गा उपलब्ध गराएको हो । कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, नेपाली काँग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बाँनिया, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँ, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल लगायतको आतिथ्यता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*