विधेयक तर्जुमा गर्न सरोकारवालाहरुसंग अन्तरक्रिया

स्वर्णिम खबर
२१ भाद्र २०८०, बिहीबार १७:५५

२१ भाद्र, हेटौँडा । बढ्दो विद्युतीय अपराध नियन्त्रण गर्न बागमती प्रदेश सरकारले छुट्टै कानुन निर्माणका लागि गृहकार्य सुरु गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विद्येयक तर्जुमाका लागि सरोकारवाला निकायसँग बिहिबार अन्तरक्रिया तथा पुष्ठपोषण कार्यक्रम गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै आपराधिक क्रियाकलाप बढीरहेकाले यसलाई नियन्त्रण गर्न कानुन निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगले सुरक्षा चुनौती समेत थपिएको उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकारले कानुन निर्माण गर्दा साईवर अपराध र सामाजिक सञ्जाल अपराध सम्बन्धी छुट्टाछुट्टै कानुन निर्माण गर्नुपर्ने आवश्यकता सहभागीले औंल्याएका थिए । साइबर सुरक्षामा विद्यावारिधी गर्नुभएका श्रीकृष्ण भट्टराईले प्रस्तुतीकरण समेत दिनुभएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री उत्तम जोशी, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाल, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल लगायत सरोकारवाला निकायको प्रतिनिधित्व थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*