बागमती प्रदेश सरकारको श्रम तथा रोजगार नीति २०८० सार्वजनिक

स्वर्णिम खबर
४ भाद्र २०८०, सोमबार १७:४२

४ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सोमबार नीति सार्वजनिक गर्नुभएको हो । नीति सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्दा सरकारको पनि लगानी रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको मुख्य काम रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई आवश्यक ऐन बनाएर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।
श्रम बजारको सुदृढीकरण, उत्पादनमूलक रोजगारीको बृद्धिः बागमती प्रदेशको समृद्धि भन्ने सोचका साथ नीति ल्याइएको मन्त्रालयले जनाएको छ । प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकुल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्रदान गर्ने लक्ष्य नीतिले लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*