हेटौंडामा सरि ममको निःशुल्क प्रदर्शन

स्वर्णिम खबर
१३ श्रावण २०८०, शनिबार १८:३६

१३ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ को मुख्य आयोजना तथा हेटौंडा लेडि जेसिज र एन एफ आई कृयश्चनको आयोजनामा जनचेतनामुलक चलचित्र सरि ममको निःशुल्क प्रदर्शन गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबिच हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागूऔषध दुव्र्यसनी विरुद्ध शैक्षिक जनचेतनामूलक चलचित्र सरि मम प्रदर्शन गरिएको हो । युवा र विद्यार्थीहरुलाई विशेष सहभागी गराई ५ सय भन्दा बढी सहभागीहरुलाई निःशुल्क चलचित्र देखाईएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त पौडेलले किशोरावस्थाका युवा विद्यार्थिहरुले चलचित्रले दिन खोजेको सन्देशलाई ब्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । यस्तै वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलले स्थानीय सरकारले लागुऔषध विरुद्धको अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै जिल्ला प्रहरी कार्याल मकवानपुर निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले युवाहरूलाई कानुनी ज्ञान नभएकाले पनि लागुऔसध दुव्र्यवसनीमा फस्दै गएको बताउनुभयो । हेटौंडा लेडि जेसिजकी अध्यक्ष दिलमाया घर्तिले सकारात्मक सोचका साथ लागूऔष्ध दुव्र्यसनी अन्त्य गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*