बागमती प्रदेशमा ४५ प्रतिशत धान रोपाई सकियो

स्वर्णिम खबर
२९ असार २०८०, शुक्रबार ०९:५९

२९ असार, हेटौँडा । बागमती प्रदेशमा ४५ प्रतिशत धान रोपाई सकिएको छ ।
उपत्यकाका ३ जिल्ला सहीत प्रदेशका १३ वटै जिल्लामा असारको तेश्रो हप्तासम्म ४५ प्रतिशत रोपाई भएको कृषि विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ । बागमती प्रदेशमा कुल ३ लाख २८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा एक लाख २२ हजार ३ सय १० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । गतवर्ष एक लाख २० हजार ५ सय ६९ हेक्टर जमिनमा धान रोपिएको थियो भने यस वर्ष प्रदेशका १३ वटै जिल्लामा ५५ हजार ४ सय ६७ हेक्टर जमिनमा धान रोपाई सकिएको निर्देशनालयका कृषि अर्थविज्ञ रामहरि तिमल्सिनाले जानकारी दिनुभयो । यसैगरी रामेछापमा ३० प्रतिशत, दोलखामा ५० प्रतिशत, काठमाडौंमा ७५ प्रतिशत, ललितपुरमा ६९ प्रतिशत, भक्तपुरमा ५ प्रतिशत, सिन्धुलीमा ३३ प्रतिशत रोपाई सकिएको छ । यस्तै काभ्रेमा ६९ प्रतिशत, सिन्धुपाल्चोकमा ५२ प्रतिशत, मकवानपुरमा ३० प्रतिशत, चितवनमा ५० प्रतिशत, नुवाकोटमा ३ प्रतिशत, रसुवामा ४६ र धादिङमा २३ प्रतिशत रोपाई सकिएको निर्देशनालयले जनाएको छ । यो वर्ष जलवायु परिवर्तनका कारण समयमै वर्षा नभएकाले रोपाईमा ढिलाई भएको निर्देशनालयको भनाई छ । विगतको तुलनामा यसवर्ष धान रोपाईमा प्रविधिको बढी प्रयोग भएको कृषि अर्थविज्ञ तिमल्सिनाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*