हेटौंडामा सडक विस्तारलाई सहयोग गर्ने राजनीतिक दलहरुको प्रतिबद्धता
२४ असार, हेटौँडा । मकवानपुरका राजनीतिक दलले सडक बिस्तारलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
सर्बाेच्च अदालतको फैसलाको सम्मान गर्दै फैसलाको भावना अनुसार सडक बिस्तार गर्न दलहरूले सरकारी निकायलाई आग्रह गरेका छन् । आइतबार हेटौंडामा नेपाली कांग्रेस नगर समितिको समन्वयमा बसेको सर्बदलीय बैठकमा दलहरूले सडक क्षेत्रमा पर्ने घरको क्षतिपुर्तीको लागि सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापित बुद्ध लामा, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, रास्वपा मकवानपुरका अध्यक्ष भरत पराजुली, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलान, उपमेयर राजेश बानियाँ, कांग्रेसका नगर सभापति उत्सव इटेनी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष देवराज गौतम लगायतको उपस्थिति रहेको थियो ।













