हेटौँडामा २५–२५ मिटर सडक विस्तार गर्न ३५ दिने सुचना जारी

स्वर्णिम खबर
१० असार २०८०, आईतवार ११:४८

१० असार, हेटौँडा । पुर्व पश्चिम राजमार्गको दायाँ बाँया २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन फेरि पनि सूचना जारी भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यलय काठमाडौं, सडक डिभिजन हेटौंडाले ३५ दिने सूचना जारीगर्दै दायाँ बाँयाको २५ मिटर खालि गर्न सूचना जारी गरेको हो । ३५ दिनभित्र सडकसीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन हेटौंडाले हटाउने र सो बापत् लाग्ने शुल्क सम्बन्धित निर्माणकर्ताबाट असुल गरिने समेत सूचनामा उल्लेख छ । वर्षौँदेखि विभिन्न अवरोधका कारण सडक विस्तार हुन नसकेपनि यस पटक विस्तारको कार्यले पूर्णता पाउने सडक डिभिजन हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । सर्वोच्च अदालतको मिति २०७८÷९÷१९ को उत्प्रेरण आदेशमार्फत् उक्त खण्डको सडक सीमासडक केन्द्रबाट २५÷२५ जग (७५÷७५ फिट) कायम भएको, उल्लेख भएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*