सबै प्रकारका कृषि अनुदान संसदमा पेश गरौंः सांसद सिंह
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उहाँले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग समेत गर्नुभयो । कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उहाँको भनाइ छ । अनुदानको दुरुपयोगमा मुछिएको पाए मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नुपर्ने उहाँको माग छ ।













