सञ्चार रजिष्ट्रारमा पुनः सापकोटा नियुक्त
३ वैशाख, हेटौंडा । बागमती प्रदेशको सञ्चार रजिष्ट्रारमा पुनः रेवती प्रसाद सापकोटा नियुक्त हुनुभएको छ ।
दास्रो कार्यकालको लागी नियुक्त हुनुभएका सापकोटाले आइतबार नै पद तथा गोपनियताको सपथ समेत लिनुभएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सञ्चार रजिष्ट्रारमा नियुक्त हुनुभएका सापकोटालाई सपथ गराउनुभएको हो । बागमती प्रदेश सरकारको २०७९ चैत्र २८ को निर्णय अनुसार चौतारा साँगचोकगढी नगरपालिका वडा नं. ४ सिन्धुपाल्चोकका सापकोटालाई प्रदेश सञ्चार माध्यम ऐन २०७५ को दफा ३१ बमोजिम सञ्चार रजिष्ट्रारको पदमा उक्त ऐनको दफा ३४ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको हो । दोस्रो कार्यकालका लागी सपथ ग्रहण गरेपछि सञ्चार रजिष्ट्रार सापकोटाले पदभार समेत ग्रहण गर्नुभएको छ । मन्त्रालयका सचिव ध्रुव गैँडाको सभाअध्यक्षमा भएको सपथ कार्यक्रममा मन्त्रालयका उपसचिव अनुशील सापकोटा र दीपक न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।













