थ्री नेसन्स कपको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

स्वर्णिम खबर
७ चैत्र २०७९, मंगलवार १८:३२

७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि मंगलबार किरण चोम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिममा ६ जना नयाँ अनुहार छन् । राष्ट्रिय टिमका नियमित खेलाडीहरु विदेश पलायन भएपछि टिमको सन्तुलन नै बिग्रेको अवस्थामा प्रशिक्षक एनीसले ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् । यसैबीच एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली टोलीका कप्तान चेम्जोङले तयारी छोटो समय भएको र चुनौतिपूर्ण रहेको बताउनुभयो । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरु सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिनुभयो ।
यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आपूmले राम्रो टोली निमार्ण गरेको दाबी गर्नुभयो । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उहाँले बताउनुभयो । लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने प्रशिक्षक एनिसले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप भोलि बुधवारदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*