मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

स्वर्णिम खबर
६ चैत्र २०७९, सोमबार १८:३१

६ चैत्र, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् ।
उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थिीमा सपथ खुवाइएको हो । यस अघिका रेक्टर डा. सतिस कुमार देवले राजिनमा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*