बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

३ चैत्र, हेटौँडा । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ ।
शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ÷नेवारी(नेपाल भाषा) कार्यान्वयन तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो । अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । एक महिनाभित्र ऐन निर्माण गरेरसंसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो । एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो ।समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् । बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ ।