हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाखका दरले सहयोग गर्ने बागमती सरकारको निर्णय

स्वर्णिम खबर
१६ फाल्गुन २०७९, मंगलवार १३:३९

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्री परिषदको बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ बर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० बर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १–१ लाख दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । अधिकारीको ८ गते, माझिको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो । यसैगरी मंगलबार नै बसेको मन्त्री परिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलले दिएको राजिनामा पनि स्वीकृत गरेको मन्त्री थपलियाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*