हेटौंडा स्कुल अफ म्यानेजमेन्टद्वारा एथ्लेष्टिक प्रतियोगिता आयोजना

स्वर्णिम खबर
१० फाल्गुन २०७९, बुधबार ११:४६

१० फागुन, हेटौंडा ।हेटौंडा स्कुल अफ म्यानेजमेन्टले एथ्लेष्टिक प्रतियोगिता २०७९ को आयोजना गरेको छ ।
प्रतियोगिताको बुधबार हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । क्याम्पसमा अध्ययनरत् विभिन्न संकायका विद्यार्थीहरुले विविध खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । कार्यक्रममा बोल्नुहुँदै पूर्व मेयर महतले विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसंगै खेलकुदको पनि आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा म्यानेजमेन्टले मकवानपुर जिल्लामा क्रान्ति ल्याएको भन्दै प्रशंसा गर्नुभयो । पूर्व मेयर महतले शैक्षिक प्रणालीको विषयमा बहसको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले विद्यालयको शिक्षा प्रणाली उत्पादन मुलक हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी खेलकुद प्रतियोगिताका संयोजक एवम् प्रिन्सिपल पुरन बहादुर जोशीले स्वस्थ्य रहनको लागि खेलकुद जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले मार्च पास समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*