वनको माध्यमबाट समृद्धि ल्याउन सकिन्छः मन्त्री थपलिया

स्वर्णिम खबर
८ फाल्गुन २०७९, सोमबार १७:४६

८ फागुन, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले वनको माध्यमबाट समृद्धि ल्याउन सकिने बताउनु भएको छ ।
सोमबार देखि हेटौडामा शुरु भएको सामुदायिक वन उपभोक्ता महासं, नेपाल राष्ट्रिय कार्यसमितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री थपलियाले सामुदायिक वनले अव आर्थिक समृद्धि हुने प्रकारको कार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री थपलियाले सामुदायिक वनले गरेको कार्यको प्रशंसा गर्दैसामुदायिक वनकै कारण बन क्षेत्र बढेकोमा खुशी व्यक्त गर्नुभयो । विदेशबाट आउने काठलाई बन्द गरि नेपालमै रहेको काठ प्रयोग गर्ने वातावरण तयार गर्ने काममा प्रदेश सरकार क्रियाशिल रहेको मन्त्री थपलियाको भनाई थियो । सामुदायिक वनको अधिकारलाई मजवुद बनाउन सामुदायिक वन उपभोक्ता महासंघसँग बसेर काम गर्न प्रदेश सरकार सदैव तयार रहेको समेत उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा, प्रदेश सभा, जिल्ला समन्वय समितिमा निर्वाचित सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । केन्द्रिय अध्यक्ष भारती पाठकको अध्यक्षतामा भएको कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष भीम प्रकाश खड्का, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, केन्द्रीय समितिका पदाधिकारीहरु, सातै प्रदेशका प्रदेशका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*