७० नम्बर ल्याउँदा पनि लाइसेन्स पाउने प्रावधान गलतः पूर्व मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
३ फाल्गुन २०७९, बुधबार १७:२४

३ फागुन, हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्व मुख्यमन्त्री पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गर्नुभएको हो । उहाँले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुई थरि लाइसेन्स हुने बताउनुभयो । यस्तो प्रावधानले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको अधिकार बढ्ने, परिक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने जिकिर गर्नुभयो ।
उहाँले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*