बागमती प्रदेशमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने

स्वर्णिम खबर
२ फाल्गुन २०७९, मंगलवार १५:२२

२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ ।
मंगलवारबाट वागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो । आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ । मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुग्नुभएका वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताउनु भयो । उहाँले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था शुरु भएपनि वागमती प्रदेशमा भने ढिलो गरी शुरु भएको बताउनु भयो । उहाँले परीक्षार्थी सबैलाई पास हुनेगरी परीक्षार्थीमैत्री व्यवस्था लागू गरेको बताउनु भयो । सानो त्रुटीले पनि लाइसेन्स नपाउने र फेरि नयाँ प्रक्रिया शुरु गर्नुपर्ने झन्झटलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको बताउनु भयो ।


ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भएपनि मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ । वागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्यक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायलमा फेल हुनेछैन । दुई पटकभन्दा बढी उक्त रेखा छोए सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, एक पटकभन्दा धेरै पटक खुट्टाले भुई टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तिर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*