हेटौंडालाई व्यवस्थित शहरको रुपमा बिकास गर्न प्रदेश प्रमुखको सुझाव
१ फागुन, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्माले हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित शहरको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ ।
उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसलाई संबोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशको राजधानी समेत रहेको हेटौंडाको बिकास मोडल देश भर पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले चारैतिरबाट सडक संजालले जोडिएको हेटौंडा आउने र जानेले यहाँको अनुसरण गर्ने भन्दै शहरलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । २०४८ सालको परिवर्तन पछि नगरको बिकास सुरु भएपनि प्रयाप्त बिकास हुन नसकेको तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । राजमार्गको बिस्तार र सुधारका कार्यमा उपमहानगर लाग्नुपर्ने प्रदेश प्रमुख शर्माको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरको बिकासका लागि सबैको सहयोग आवश्यक रहको बताउनुभयो् । बजारको शौन्दर्य बढाउन २५ मिटर बाटो बिस्तार जरुरी रहेको भन्दै यस तर्फ संघ, प्रदेश सरकार र स्थानिय तह एक मत हुनुपर्ने बताउनुभयो ।

यसैबीच उपमहानगरपालिकाले ५४ औं स्थापना दिवसको अवसरमा २३ जनालाई सम्मान गरेको छ । हेटौंडाको विकासमा सघाउ प¥याएको भन्दै उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
स्थापना दिवस पारेर हेटौंडा नगर पञ्चायतका पहिलो प्रमुख स्वर्गीय वासुदेव रिजालको संगम चोकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगणमा स्थानान्तरण गरी अनावरण गरिएको छ । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी समेत राखिएको छ ।














