प्रिति आलेको ब्याटल गीतमा हेटौंडेली दर्शक रमाए, शुक्रबार कर्मा व्याण्ड आउने

स्वर्णिम खबर
१९ माघ २०७९, बिहीबार १९:४८

१९ माघ, हेटौँडा । हेटौंडा १० टिसिएन चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा चर्चित गायिका प्रितिआलेले हेटौंडेलीलाई नचाएकी छिन् ।
उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवा युवतीलाई नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को मायाजाल… लगायतलोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकीथिइन् । त्यस्तै गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशनमार्फत दर्शकहरुलाई हसाएका थिए । यसैगरी शुक्रबार चर्चित व्याण्डकर्मा व्याण्डको प्रस्तुती रहनुका साथै गायक मानसराज र ऋतु कंडेलको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*