प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण, तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रीमण्डल गठन

स्वर्णिम खबर
११ पुष २०७९, सोमबार १७:३०

११ पुस, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
सोमवार प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । ८ सदस्यीय मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एर्व अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नुहुनेछ ।

 

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनुभए पनि मन्त्रालय भने तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्रीर त्यसपछि मन्त्रीहरुले शपथग्रहण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*