प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार हुने

स्वर्णिम खबर
१० पुष २०७९, आईतवार १८:२१

१० पुस, हेटौंडा । प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो । दाहाल यसअघि २०६५ र २०७३ मा ९÷९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*