मुख्यमन्त्री पाण्डेको राजिनामा
८ पुस, हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाउनुभएको हो । नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै तेस्रो मुख्यमन्त्रीको रुपमा चुनिनुभएको थियो । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उहाँको दोहोरो भूमिकालाई लिएर सर्वत्र प्रश्न उठेको थियो । एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका पाण्डेले २०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।













