थानाभ¥याङ टोल विकास संस्थाको अध्यक्षमा बसन्त कपरौला चयन

स्वर्णिम खबर
२९ मंसिर २०७९, बिहीबार १८:५७

२९ मंसिर, हेटौँडा । हेटौँडा ११ स्थित थानाभ¥याङ टोल विकास संस्थाको अध्यक्षमा बसन्त कपरौला चयन हुनुभएको छ ।

बिहीबार सम्पन्न संस्थाको ९ औं साधारण सभाले अध्यक्षमा कपरौलालाई सर्बसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डित, सहसचिवमा इश्वर न्यौपाने, कोषाध्यक्षमा अम्बिका कंडेल चयन भएका छन् । ११ नं.वडाका वडासदस्य गोपिनी सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समिति हेटौंडाका उपमहासचिव देवकुमार श्रेष्ठ, टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञप्रसाद आचार्य, सिमल्टार टोलविकास संस्थाका अध्यक्ष मधुथापा मगर लगायतको उपस्थीति थियो । संस्थाका अध्यक्ष रामेश्वर नगरकोटीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*