मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री

स्वर्णिम खबर
२४ मंसिर २०७९, शनिबार १८:२४

२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामुहिक रुपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभुत मागहरु अन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक रुपमा प्रत्याभुत गरेको उल्लेख गर्नुभयो । मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेको भन्दै उहाँले मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भएपनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो ।
यसैगरी आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दुखद् भएको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा, जातिय विभेद तथा छुवाछुतका घटनाहरुमा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको उल्लेख गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*