माग सम्बोधन गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दवाव
२० मंसिर, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ ।
मंगलबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दवाव दिनु भएको हो । मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनु भयो ।
यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताउनुभयो। केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमती गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमती अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।













