मंसिर २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छः प्रमुख निर्वाचन आयुक्त

स्वर्णिम खबर
१६ मंसिर २०७९, शुक्रबार १८:४३

१६ मंसिर, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो । उहाँले मंसिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ गतेको निर्वाचनले आगामी दिनमा पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनु भयो । उहाँले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरु वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताउनु भयो । उहाँले आगामी संसदमा निर्वाचन सम्बन्धी नयाँ कानून लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
थपलियाले निर्वाचन आयोगले निर्वाचन समावेशी र लैगिकमैत्री होस् भन्ने चाहना राखेको भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*