काँग्रेस महामन्त्री थापा पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित

स्वर्णिम खबर
१४ मंसिर २०७९, बुधबार १८:००

१४ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताउनु भएको हो । महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मंसीर १५ गते शुक्रबार (भोली)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताउनु भयो । महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रीपरिषद बन्ने समेत बनाउनु भयो । उहाँले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिनु भयो ।
महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहो¥याउनु भयो । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका घरघरमै अभियान संचालन गर्नुपर्ने उहाँको भनाई थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*