मंसिर १५ गतेसम्ममा एमालेको सरकार बन्छः केपी शर्मा ओली

स्वर्णिम खबर
४ मंसिर २०७९, आईतवार १३:५१

४ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ गतेसम्ममा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आईतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गरेपश्चात सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताउनु भयो । उहाँले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताउनु भयो । उहाँले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताउनु भयो । अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*