उच्च मनोबलका साथ खेल्छौंः कप्तान चन्द
२९ कार्तिक, काठमाडौँ । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताउनुभएको छ ।
मंगलवार आयोजित प्रि–म्याच कन्फरेन्समा कप्तान चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र बुधवार हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताउनुभएको हो । यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीको मनोबल उच्च रहेको कप्तान चन्दले उल्लेख गर्नुभयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आपूmले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेको समेत प्रतिक्रिया दिनुभयो ।
यसैगरी कार्यवाहाक प्रशिक्षक प्रवेश कटुवालले पनि पाकिस्तानी टोलीबिरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने प्रतिक्रिया दिनुभयो । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताउनुभयो ।













