प्रदेश संरचना खारेज गर्नुपर्छः राजेन्द्र लिङदेन

स्वर्णिम खबर
२८ कार्तिक २०७९, सोमबार १८:१४

२८ कार्तिक, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लिङदेनको भनाइ छ । उहाँले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दुईवटा मात्रै सरकार हुनुपर्ने बताउनुभयो । नेपालमा भ्रष्टाचारको अन्त्यका लागि राप्रपालाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार दिपकबहादुर सिंहले कमल थापा राप्रपा नेपालबाट चुनाव लड्न नसक्ने भएपछि कमरेड बनेर एमालेबाट उम्मेदवार बनेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*