गृह मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँको पहिचान गर्नुपर्छः निर्वाचन आयुक्तहरु
२७ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहीतामा कडाइ गरेका कारण उल्लंघनका घट्ना कम भएको बताउनुभएको छ ।
आयुक्त भण्डारीले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रश्तुत भएको बताउनुभयो । आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै उहाँले आचारसंहीता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको स्पष्ट पार्नुभयो । आयुक्त भण्डारीले बढी आचारसंहीता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरु घट्न नपाएको उल्लेख गर्नुभयो ।
त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरु पहिचान गर्नुपर्ने बताउनु भयो । विगतको निर्वाचनमा हुलदंगा भए÷नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उहाँको भनाइ छ ।
उहाँले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ¥यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरुलाई रोक्न सकिने बताउनु भयो ।













