सरकारसंग मिसन र भिजन दुबै छैनः अध्यक्ष ओली

स्वर्णिम खबर
१९ कार्तिक २०७९, शनिबार १५:५४

१९ कार्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनुभयो । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो ।
यसैगरी अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए देश कंगाल बन्ने जिकीर समेत गर्नुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन अहिले मृत अवस्थामा पुगिसकेको टिप्पणी गर्नुभयो । उहाँले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी समेत गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*