क्रिकेटर लामिछाने पुर्पक्षका लागि कारागार चलान

स्वर्णिम खबर
१८ कार्तिक २०७९, शुक्रबार १७:१८

१८ कार्तिक, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रिय कारगार पठाइएको छ ।
शुक्रवार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले थुनछेक बहसमा प्राप्त प्रमाणलाई आधार मानेर क्रिकेटर लामिछाने निर्दोष हुन् भन्ने कुनै आधार नभएकाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको सन्दीप पक्षधर अधिवक्ता सुधा रिजालले बताउनु भयो । उहाँले जिल्ला अदालतबाट न्याय नपाएपछि अबको दिनमा उच्च अदालत जानसक्ने बताउनु भयो । उहाँले थुनछेक बहसका प्रमाणहरु अहिले अध्ययन नहुने भएकाले पुर्पपक्षका लागि कारागार पठाइएको तर अदालतले कारागार पठायो भन्दै सन्दीप दोषी नै छन् भन्नसक्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।
त्यस्तै अर्का अधिवक्ता यज्ञमणि न्यौपानले बलात्कारको आरोप लागेका व्यक्तिहरु उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै निर्णयलाई स्वीकार गरिसकेको नजिर रहेकाले सन्दीप पक्षधर वकीलहरुले यसबारेमा सल्लाह गरेर अघि बढ्ने बताउनु भयो । उहाँले नेपालको संविधान पुरानो भएकाले त्यसलाई परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो ऐन, कानूनले गर्दा छुट्ने व्यक्तिहरु पनि बाध्यतावश कारागारमा जान बाध्य भइरहेकाले आम मानिसहरुमा नेपालमै बस्ने वा बाहिर जाने भन्ने मानसिकता आउने गरेको उल्लेख गर्नुभयो ।
क्रिकेटर लामिछानेले गत भदौं ५ गते राति काठमाडौंस्थित एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै नाबालिकाको तर्फबाट भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेबिरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले गत सोमवार लामिछानेबिरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*