निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गर्न आयोगको अपिल

स्वर्णिम खबर
१७ कार्तिक २०७९, बिहीबार १८:५१

१७ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आज (बिहीवार) बाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो । निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहीतामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, ¥याली, गर्दा आचारसंहीतामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गर्नुभएको हो । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पार्नुभयो ।
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत हुने दाबीसमेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*